14 लाख रुपियाँ मूल्यको ब्राउन सुगर सहित युवक पक्राउ

सिलगढी (निसं):  एनजेपी थाना पुलिसले 14 लाख रुपियाँ मूल्यको ब्राउन सुगर सहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम अब्दुल रज्जाक बताइएको छ। तिनी फुलबारी निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार अब्दुल रज्जाकले मालदाबाट ब्राउन सुगर लिएर गत राति सिलगढी आइपुगेपछि फुलबारीतर्फ गइरहेका थिए। त्यस समय गोप्य सूचनाको आधारमा पुलिसले अभियान चलाएर कावाखालीबाट अब्दुललाई पक्राउ गरेर छानबीन गर्दा 280 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। उद्धार गरेको ब्राउन सुगरको बजार मूल्य 14 लाख रुपियाँ तोकेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *