14 नोभेम्बरमा बडी बिल्डिङमा मिस्टर खरसाङ र फिटनेश प्रतियोगिताको आयोजना गरिने

खरसाङ: खरसाङ बडी बिल्डिङ एण्ड फिटनेस एकाडमीको सभा अकाडमीको सभापति एवम् बडी बिल्डिङमा अन्तरार्ष्टिय जज सञ्जय छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। सभालाई एकाडेमीका सचिव बसन्त थापाले सञ्चालन गरेका थिए। सभामा पहिलेबाटै निर्णय गरिए अनुसार यसपालीको बाल दिवसको अवसर पारेर आगामी 14 नोभेम्बरमा बडी बिल्डिङमा मिस्टर खरसाङ र फिटनेश प्रतियोगिता गरिने भएको छ। उक्त प्रतियेगितामा विजय हुने प्रतियोगीलाई 1लाख रुपियाँ प्रदान गरिने भएको छ। त्यसरी नै आगामी वर्षको अप्रेल महिनामा पनि खरसाङमा ईस्टर्न ईण्डिया बडी बिल्डिङ प्रतियोगिता आयोजना गरिने भएको छ। आजको सभामा ओम प्रकाश चौरासिया, देवराज भण्डारी, रमेश अग्रवाल, छोपेल तेञ्जिङ, सुरुज सार्की, शमसेर अलि,कुन्दन तामाङ, भुषाण देवान, दिपक ठटाल, निर्मल गुरुङ लगायत अन्यहरू उपस्थित थिए। उक्त सभाको विषयमा खरसाङ बडी बिल्डिङ एण्ड फिटनेस एकाडेमीको सभापति सञ्जय छेत्रीले विस्तृत रूपमा जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *