14 सूत्री मागको समर्थनमा माकपाद्वारा नक्सलबारी बीडीओ-लाई ज्ञापन

नक्सलबारी (निसं): 14 सूत्री मागको समर्थनमा माकपाले नक्सलबारी बीडीओ-लाई आज एउटा ज्ञापन चढाएको छ। यसभन्दा अघि आज माकपाले नक्सलबारी घतानी मोड़देखि यहाँको बीडीओ कार्यालयसम्म एउटा ऱ्याली पनि निकाल्यो। माकपाको तर्फबाट 100 दिने कार्य चालु राख्नु पर्ने साथै बकाया भुगतान, एसएससी तथा टेट भ्रष्टाचारीहरूलाई सजाय, भू-माफियाहरू विरूद्ध कानूनी कार्वाही, नक्सलबारीमा सलिड वेस्ट म्यानेजमेन्ट कार्य शुरू गरिनु पर्ने, डीआई फण्ड भूमि हस्तान्तरण, चिया श्रमिकहरूलाई न्यूनतम मजदूरी साथै श्रमिकहरूलाई पर्जा पट्टा वितरण गरिनु पर्ने लगायत मोठ 14 सूत्री मागलाई लिएर नक्सलबारीको बीडीओ-लाई एउटा ज्ञापन सुम्पिए। यस अवसरमा पार्टीको जिल्ला कमिटी सदस्य गौतम घोषले भने, नक्सलबारीको सुदूर इलाकाको विभिन्न विषयमा आज बीडीओ-लाई भेटेर ज्ञापन सुम्पिएका छौ। आफुहरूको माग पुरा नभए वृहत आन्दोलन गर्ने पनि तिनले चेतावनी दिएका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *