14 सुत्रीय मागमा उत्तरबंग सफाई कर्मचारी समितिद्वारा नगरनिगम कमिश्नरलाई ज्ञापन

सिलगढी : उत्तरबंग सफाई कर्मचारी समितिले 14 सुत्रीय मागलाई लिएर सिलगढी नगरनिगममा ज्ञापन पत्र चढायो। सिलगढीको बाघाजतीन पार्कबाट आज एउटा र्‍याली निकालेर उत्तरबंग सफाई कर्मचारी समितिका सदस्यहरूले कोर्ट मोड तथा नगरनिगम अघि धेरै समयसम्म विक्षोभ प्रदर्शन गरे। उक्त ज्ञापन पत्रमा वेतन वृद्धि, स्थायी कर्मचारी नियुक्त, जीवन बीमा, जमिनको पर्जापट्टा लगायत सफाई कर्मचारीहरूको इलाकामा ड्रेनको व्यवस्था गरिनुपर्ने आदि जस्ता मागहरू सामेल रहेको छ। उत्तरबंग सफाई कर्मचारी समितिका अध्यक्ष किरण राउतले भने, सिलगढी नगरनिगमका प्रशासक गौतम देवलाई आफूहरूको विविधा मागलाई लिएर ज्ञापन पत्र चढाउन आएका थियौँ तर केही कामले गर्दा तिनी कार्यालयबाट बाहिर निस्केकोले गर्दा नगरनिगमका कमिश्नसित भेट गरेर ज्ञापन पत्र चढाएको हो। बोर्डसित कुराकानी गरेर आगामी 10-12 दिनको अवधिमा आफूहरूको समस्या समाधान गरिदिने नगरनिगमका कमिश्नरले आश्वासन दिएको बताउँदै यदि आफूहरूको माग पुरा नगरेको खण्डमा आगामी दिनमा फेरि विक्षोभ प्रदर्शन गर्ने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *