150 परिवारलाई किचन गार्डनको सामग्रीहरू प्रदान

सुकेपोखरी : सुकियाम ठूम सेजुम अनि इल्टाको संयुक्त तत्वावधानमा शेर्पा, लेप्चा, सुब्बा तथा तामाङ समुदायका 150 परिवारलाई किचन गार्डनको सामग्रीहरू प्रदान गरियो। पश्चिम बङ्गाल अनुसूचित जाति, अनुसूचित जनजाति तथा पछौटे वर्गका अधिकारी शान्ति शेर्पाको बाहुलीबाट उक्त सामग्रीहरू वितरण गरियो। आरकेएस पोख्रेबुङ बस्ती लेप्चा गाउँ उप केन्द्रमा सम्पन्न कार्यक्रममा सुकिया ठूम खण्ड सचिव बुद्ध छिरिङ लेप्चाले सञ्चालन गरेका थिए। कार्यक्रममा स्वागत भाषण सुके ठूम पूर्व सदस्य कालदेन लेप्चाले राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *