15औँ श्री राम विवाह महोत्सवको उपलक्ष्यमा कलश यात्राको आयोजना

सिलगढी सिलगढी नगरनिगम अन्तर्गत 43 नम्बर वार्डस्थित प्रकाश नगर महावीर धाम श्री हनुमान मन्दिरको तर्फबाट 15औँ श्री राम विवाह महोत्सवको धुमधामको साथमा आयोजना गरियो। यस अवसरमा आज हनुमान मन्दिर कमिटीको तर्फबाट एउटा रङ्गारङ्ग कलश यात्रा निकालिइयो। श्री राम विवाह महोत्सव आगामी  8 दिसम्बरसम्म चल्नेछ। पश्चिम बंगाल हिन्दी अकादमीका चेयरम्यान एवम् जोड़ासाको विधायक विवेक गुप्ताले दीप प्रज्ज्वलित गरेर महोत्सवको शुरुआत गरे। यस अवसरमा मन्दिर कमिटीका अध्यक्ष मुन्ना प्रसाद, सिलगढी नगरनिगमको प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार, आलोक चक्रवर्ती, राम भजन महतो, समाजसेवी गोल्डी सिंह खालसा एवम् सागरिका मित्तल लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *