15 वर्षदेखि निखोज आमा, पुतलाको आमा बनाएर छोराहरूले गर्‍यो अन्तिम संस्कार

सिलगढी : गत 15 वर्षदेखि आमा निखोज रहेकोले तिनका छोराहरूले आज पुतलाको आमा बनाएर अन्तिम संस्कार गर्यो। उक्त घटना सिलगढी महकुमाको फाँसीदेवास्थित राङ्गापानी स्टेसनपाडाको हो। गाउँका मानिसहरूसित सर-सल्लाह गरेपछि निखोज महिलाको छोराहरूले आज अन्तिम संस्कार गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार गत 15 वर्षदेखि साबित्री चौधुरी निखोज छन्। तिनका छोराहरूले विभिन्न ठाउँमा साबित्रीको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि अन्ततः गाउँमा यसबारे एउटा सभा बसियो। उक्त सभामा तिनका 3 जना छोराहरूले गाउँलेहरूसित विचार विमर्श गरेर आमाको अन्तिम संस्कार गर्ने निर्णय लिएपछि आज एउटा पुतलालाई आमाको रूपमा सजाएर अन्तिम संस्कार गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *