दार्जिलिङ : रङ्गली-रङ्गलियट ब्लकमा पनि आजदेखि पहिलोपल्ट 15 देखि 18 वर्षसम्मका विद्यार्थीहरूलाई कोरोनाको भ्याक्सिन लगाइयो। ग्रिफित्स हायर सेकेन्डरी स्कुल तकदाहमा आयोजित कोरोना भ्याक्सिन शिविरमा विशेष गरेर आज पहिलो दिन ग्रिफित्स स्कुल, गोरेटो जुनियर हाई स्कुल, ग्रीनसिल एकाडेमी लगायत स्थानीय स्कुलका विद्यार्थीहरूलाई कोरोनाको भ्याक्सिन लगाइएको स्वास्थ्य विभागमार्फत् थाहा लागेको छ।