15 दिनको अन्तरालमा फेरि सिलगढीको ईस्टन बाइपासस्थित डम्पिङ ग्राउन्डमा आगलागी

सिलगढी : सिलगढीको ईस्टन बाइपासस्थित डम्पिङ ग्राउन्डमा गत राति लगभग 15 दिनको अन्तरालमा फेरि आगलागी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार गत राति लगभग 8 बजी स्थानीय मानिसहरूले डम्पिङ ग्राउन्डबाट आगोसँगै धुँवा निस्केको देखेपछि घटनाबारे अग्निशमन विभागलाई खबर दिए। घटनाको खबर पाएर दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। अर्कोतिर, 15 दिनको अन्तरालमा डम्पिङ ग्राउन्डमा गत राति रहस्यमयी ढङ्गले आगलागी हुँदा प्रश्न चिन्ह खडा भएको छ। यसरी रातिको समयमा डम्पिङ ग्राउन्डमा आगलागी हुँदा यो आगो आफै लागेको हो अथवा कसैले लगाएको भन्ने विषयलाई लिएर मानिसहरूले प्रश्न खडा गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *