15 जुलाईसम्म आंशिक लकडाउन जारी, बस, अटो-टोटो लगायत जीम, ब्युटी पार्लरलाई छुट

राज्यमा आगामी 15 जुलाईसम्म आंशिक लकडाउन जारी रहने भएको छ। तथापि, आगामी 1 जुलाईदेखि सरकारी, गैर सरकारी बस, अटो, टोटोलाई छुट दिए तापनि केवल 50 प्रतिशत यात्रीहरू मात्र सवार गर्न सक्ने बताइएको छ। यसको साथै बस, अटो, टोटो चालकहरूले अनिवार्य रूपमा कोरोनाको खोप लगाएको हुनु जरूरी रहेको बताइएको छ। आज राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले कोलकाताको नवान्नमा एउटा पत्रकार सम्मेलन मार्फत् गरेको घोषणा अनुसार लोकल ट्रेन तथा मेट्रो परिसेवा आगामी 15 जुलाईसम्म बन्द रहनेछ। यसबाहेक जीम, ब्युटी पार्लर बिहान 11 बजीदेखि 6 बजीसम्म खुल्ला रहनेछ भने एकपल्टमा केवल 50 प्रतिशत ग्राहकहरूले प्रवेश गर्न पाउने अनुमति दिएको छ। यसैगरी, सब्जी बजार तथा माछा-मासुको दोकानहरूलाई केही राहत दिँदै बिहान 6 बजीदेखि 12 बजीसम्म बजार खुल्ला रहनेछ भने अन्य दोकानहरू बिहान 11 बजीदेखि राति 8 बजीसम्म खुल्ला रहनेछ। बिहान 10 बजीदेखि साँझ 4 बजीसम्म गैर सरकारी कार्यालयहरू खुल्ला रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *