15 जुनदेखि दार्जिलिङ सहर एक हप्ता बन्द

दार्जिलिङ बढ्दो कोरोना संक्रमण रोगीहरूको संख्यालाई ध्यानमा राखेर दार्जिलिङ सहर 15 जुनदेखि 21 जुनसम्म एक सप्ताहको निम्ति पूर्ण रूपले बन्द गरिने भएको छ। सेभ दार्जिलिङ कोभिड 19 प्रोटेक्सन कमिटी-ले उक्त निर्णय लिएपछि यसबारे घोषणा गरेको छ। प्राप्त जानकारीअनुसार उक्त बन्द अवधि सहरका सबै दोकानहरू पूर्ण रूपले बन्द रहे तापनि दबाई दोकान अनि दुध बिक्री गर्ने दोकानलाई छुट दिइएको छ। यसबाहेक दुध, पानी अनि अति आवश्यक परिसेवाको निम्ति मात्र वाहनहरूलाई यस अवधि छुट दिइने कमिटीले घोषणा गरेको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *