15 लाखको गाँजा सहित ट्रक चालक पक्राउ

जलपाईगढी : मणिपुरबाट सिलगढीमा गाँजा तस्करी गरिरहेको समय जलपाईगढी कोतवाली थाना पुलिसले 150 केजी गाँजासहित एकजना ट्रक चालकलाई पक्राउ गरेको छ। पक्रा परेका ट्रक चालक बिहारको पटना निवासी तेजबीरको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार जलपाईगढी कोतवाली थाना पुलिसले मणिपुरको इम्फालबाट धेरै मात्रामा गाँजा सिलगढी तस्करी गर्ने उद्देश्यले ल्याइरहेको गोप्य सूचना पाएपछि पुलिसले जलपाईगढीको गोशालामोड इलाकामा तलाशी अभियान चलाउँदा एउटा ट्रकबाट लगभग 15 लाख रुपियाँ मूल्य बराबरको गाँजा उद्धार गरेको छ। उक्त ट्रकको अघिल्तिर ऐनामा भारतीय सेनाको सेवामा कार्यरत रहेको भनेर पनि लेखिएको थियो। अर्कोतिर, घटना सम्बन्धमा पुलिसले सोधखोज गर्दा ट्रक चालकले बताएअनुसार इम्फालबाट भारतीय सेनाको सर-समानहरू लिएर पटना गइरहेको समय बाटोमा एकजना व्यक्ति केही उक्त बोरा सिलगढी पुर्‍याइदिने अनुरोध गरेपछि नै आफूले ट्रकमा हालेर उक्त समान ल्याएको बताए। घटनाको जाँच शुरू गरेको कोतवाली थानाका आईसी विपुल सिन्हाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *