15 लाख रुपियाँको अवैध टीक काठको फर्निचर जफत

राजगञ्ज : बेलाकोवा रेञ्जका वन कर्मचारीहरूले अवैध काठको फर्निचर तस्करी गर्न अगावै जफत गरेको छ। गोप्य सूचनाको आधारमा आज बिहान बेलाकोवा रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वन कर्मीहरूले सिलगढी संलग्न फुलबारीमा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दै 15 लाख रुपियाँको बर्मा टीक काठको फर्निचर जफत गर्नको साथै एउटा ट्रक पनि आफ्नो नियन्त्रणमा लिएको बताइएको छ। बेलाकोवा रेञ्ज सूत्रले दिएको जानकारी अनुसार मिजोरामदेखि एउटा ट्रकमा काठको फर्निचर बोकेर आन्ध्रप्रदेशतर्फ लगिरहेको समय वन कर्मीहरूले फुलबारीमा अभियान चलाएर बर्मा टीक काठको बेड, सोफा लगायत अन्य फर्निचर जफत गरेको हो। तथापि, वाहन चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *