15 सेप्टेम्बरदेखि मिरिकको होम स्टेहरू खोलिने

मिरिक : आगामी 15 सेप्टेम्बरदेखि मिरिक महकुमा भित्रका होम स्टेहरू सञ्चालन गरिने भएको छ। जिल्ला प्रशासनद्वारा जारी निर्देशन अनुसार होम स्टेहरू सञ्चालन गरिने भएको छ। आज मिरिक राङ्भाङ होमस्टे ओनर्स एशोसिएसनले एउटा सभाको आयोजना गरेर सरकारी नियम र निर्देशन अनुरुप होम स्टेहरू 15 सेप्टेम्बरदेखि सञ्चालन गर्नेबारे घोषणा गरियो। यसरी नै एशोसिएसनले आगामी 27 सेप्टेम्बर विश्व पर्यटन दिवसको अवसरमा विविध कार्यक्रमको साथमा राङभाङ तामाकोशी पर्यटन स्थलमा मनाउने घोषणा पनि गर्यो। सभापछि एशोसिएसनका सचिव कल्याण राई अनि अध्यक्ष सुनिल प्रधानले यस आसयको जानकारी दिँदै सभामाथि प्रकाश पारे। एशोसिएसनका सत्यन वरदेवाको अध्यक्षतामा सम्पन्न सभामा मिरिक महकुमा अन्तर्गतको विभिन्न होम स्टे सञ्चालक सदस्यहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *