15 सूत्रीय मागमा भाजपा-दवारा ज्ञापन

सिलगढी : 15 सूत्रीय मागलाई लिएर भाजपाले डाबग्राम फुलबारी विधानसभा अन्तर्गत पर्ने 1 र 2 नम्बर फुलबाड़ी ग्राम पञ्चायत कार्यालयमा एउटा ज्ञापन पत्र चढायो। जलपाईगढीका सांसद जयन्त रायको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले फुलबारी अञ्चलको अम्बिकानगर भाजपा कार्यालयबाट एउटा र्‍याली निकाले तापनि पुलिसले फुलबाड़ी 1 नम्बर ग्राम पञ्चायत कार्यालय अघि उक्त र्‍यालीलाई रोकिदिए। अञ्चल कार्यालयभित्र प्रवेश गर्ने अनुमति नपाएकोले भाजपा नेता तथा कार्यकर्ताहरूले सड़कमा विरोध प्रदर्शन गरे। अन्तमा प्रशासनको तर्फबाट भाजपाका सातजना प्रतिनिधिको एउटा टोलीलाई ग्राम पञ्चायत कार्यालयमा प्रवेश गर्ने अनुमति दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *