15 वटा गाई-गोरूसहित 2 जना पक्राउ

खोरीबारी : भारत-नेपाल सीमास्थित एसएसबी 41औँ बटालियनको रामधन जोत एफ कम्पनीको क्याम्पका जवानहरूले आज बिहान गोप्य सूचनाको आधारमा अवैध रूपमा वाहनमा लादेर ल्याइरहेको गाई-गोरू जफत गरेको छ। यसको साथै दुईजना व्यक्तिलाई पनि पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा एसएसबी जवानहरूले बतासी नजिक बीआर 11JB2451 नम्बर भएको वाहनलाई रोकेर छानबीन गर्दा अवैध रूपमा ल्याइरहेको 15 वटा गाई-गोरू जफत गरेको बताइएको छ। एसएसबीले गाई-गोरूसहित पक्राउ गरेको 2 जना व्यक्तिलाई खोरीबारी थानालाई सुम्पिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *