16औं सुकना गोल्ड कप फुटबल प्रतियोगिता हुने

सुकना: सुकुना गेम्स एण्ड स्पोर्ट्स एसोसिएसनको अध्यक्ष अशोक प्रधानको अध्यक्षतामा सम्पन्न सभामा 16औं सुकना गोल्ड कप फुटबल प्रतियोगिता यस वर्ष भव्य रुपमा आयोजना गरिने निर्णय लिएको छ। एसोसिएसनका महासचिव सुरेन प्रधानले सञ्चालन गरेको सभामा सर्वप्रथम 16 औं सुकना गोल्ड कप आयोजना गर्ने अथवा नगर्ने तथा सह कोषाध्यक्ष डीबी थापाको राजीनामा बारेमा पनि चर्चा गरियो । यस अवसरमा सचिव प्रधान, सल्लाहकार राजेश लामाले 16औं सुकना गोल्ड कप आयोजना गर्नुपर्छ भन्ने साथै यसको आयोजना गर्नेको लागि राजनैतिक नेतृत्वबाट सहयोग लिन सकिने बताए । यसैगरी, मदन राणा, उपाध्यक्ष बीबी थापा, सुदीप गिरी र कोषाध्यक्ष सनम छेत्री आदिले पनि 16 औं सुकुना गोल्ड कप फुटबल प्रतियोगिता सम्पन्न गर्नु पर्नेबारे जोड़ दिएपछि अब फुटबल प्रतियोगिता हुने निश्चित भएको साथै आगामी सभामा यसबारे थप चर्चा गर्ने बताइएको छ । टुर्नामेन्टको बजट झट्ट तयार गरेर चाँडै नै जीटीए चेयरम्यान अनित थापा तथा अन्यलाई आयोजक समितिको एउटा टोलीले भेट गर्ने योजना बनाएको सुरेन प्रधानले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *