16 जना निर्मल मित्रहरूलाई नयाँ ज्याकेट प्रदान

सिलगढी (निसं): सिलगढी नगर निगमको वार्ड नम्बर 25 कमिटी एवम् कूड़ा निस्तारण विभागको पहलमा आज बुधवार वार्ड नम्बर 25 को शिशु उद्यानमा आयोजित समारोहमा नयाँ 16 जना निर्मल मित्रहरूलाई ज्याकेट प्रदान गरियो। यस अवसरमा वार्ड नम्बर 4 का वार्ड पार्षद तथा बोरो चेयरम्यान जयन्त साहा, वार्डको पूर्व पार्षद सीमा साहा लगायत अन्य मानिसहरू उपस्थित थिए।। यस बारेमा जयन्त साहाले भने, ठण्डा महिना सुरू भइसकेकोले गर्दा काम गर्नको लागि निर्मल मित्रहरूलाई कुनै प्रकारको असुविधा नहोस् साथै तिनीहरूलाई काम गर्नको लागि प्रोत्साहित गर्ने उद्देश्यले  ज्याकेट प्रदान गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.