16 मईदेखि गोर्खा जनमुक्ति युवा मोर्चाले रिले अनशन गर्ने

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चाको युवा मोर्चाले आगामी 16 मईदेखि दार्जिलिङमा रिले अनशन गर्ने भएको छ। यसबारे गोजमुमो अध्यक्ष बिमल गुरूङले आज घोषणा गरेका छन्। तिनले बताएअनुसार प्रशासनले अनुमति दिए पनि अथवा नदिए पनि आमरण रिले अनशन शुरू गर्ने नै दावी गरेका छन्। स्मरण रहोस्, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई गोजमुमो अध्यक्ष बिमल गुरूङले हिजो नै पत्राचार गरेर जीटीएको चुनाउ हुनभन्दा अगावै पहाडको समस्या समाधानको निम्ति वार्तामा बोलाइनुपर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *