16 नोभेम्बरदेखि पश्चिम बंगालमा स्कुल-कलेजहरू खोल्ने भएकोले विद्यार्थीहरूद्वारा मुख्यमन्त्रीलाई आभार प्रकट

सिलगढी :  कोरोना महामारीले गर्दा गत डेढ़ वर्षदेखि शिक्षण संस्थानहरू बन्द रहेको थियो। सिलगढीमा प्रशासनिक अधिकारीहरूसित मुख्यमन्त्री ममता ब्यानर्जीले हिजो एउटा प्रशासनिक बैठक गरेर आगामी 16 नोभेम्बरदेखि कक्षा 9 देखि 12 सम्म लगायत कलेजहरू खोल्ने घोषणा गरिन्। मुख्यमन्त्रीको उक्त घोषणापछि स्कुल-कलेजका विद्यार्थीहरूमा उत्साहको माहौल देखापर्यो। स्कुल खोलिएकोमा आज सिलगढीका केही स्कुलका विद्यार्थीहरूले मुख्यमन्त्री ममतालाई आभार प्रकट गर्दै खुसी व्यक्त गरे। विद्यार्थीहरूले आज सिलगढीको हाशमी चौकमा मुख्यमन्त्रीको स्कुल तथा कलेज खोल्ने निर्देश दिएकोमा आभार व्यक्त गर्दै मुख्यमन्त्रीको पोस्टर बोकेर मानिसहरूलाई लड्डुहरू वितरण गरे। कोरोना महामारीले गर्दा लगभग डेढ वर्षसम्म स्कुल-कलेजहरू बन्द रहेकोले विद्यार्थीहरूलाई निक्कै समस्याको सामना गर्न परेको बताए। अनलाइनको माध्यमद्वारा क्लास जारी रहे तापनि निक्कै समस्या भएको विद्यार्थीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *