16 सूत्रीय मागमा पश्चिमबंग आशा कर्मी युनियन-द्वारा विक्षोभ प्रदर्शन

सिलगढी : पश्चिमबंग आशा कर्मी युनियनको तर्फबाट आज 16 सूत्रीय मागमा विक्षोभ प्रदर्शन गर्नको साथै ज्ञापन पत्र चढायो। सिलगढीको बाघाजतीन पार्क अघि आज पण्डित ईश्वर चन्द्र विद्यासागरको 132औँ मृत्यु वार्षिकी अवसरमा श्रद्धा सुमन अर्पण गरेपछि आशा कर्मीहरूले प्रतिवाद सभाको आयोजना गर्यो। यसपछि एउटा र्‍यालीको माध्यमद्वारा आशा कर्मीहरू सिलगढी महकुमा परिषद कार्यालय अघि पुगेर विक्षोभ प्रदर्शन गरे। उक्त विक्षोभ प्रदर्शनमा पहाड तथा समतलका धेरै संख्यामा आशा कर्मीहरू उपस्थित थिए। आशा कर्मीहरूको 16 सूत्रीय माग जस्तै प्रत्येक कार्यको लागि उपर्युक्त समय तथा उपर्युक्त पारिश्रमिक प्रदान गरिनुपर्ने, सरकारी स्वीकृति, हप्तामा एकदिन छुट्टी आदि रहेको छ। आशा कर्मीहरूद्वारा गरिएको विक्षोभ प्रदर्शनले गर्दा आज महकुमा परिषद कार्यालय अघि केही समयको लागि जामको समस्या देखापर्यो। सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याएपछि युनियनको 5 जना प्रतिनिधि टोली महकुमा परिषद कार्यालयमा गएर मुख्य स्वास्थ्य अधिकारीलाई ज्ञापन पत्र चढाए। माग पुरा नगरेको खण्डमा आगामी 3 अगस्तदेखि काम बन्द गर्ने पश्चिमबंग आशा कर्मी युनियनका सदस्यहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *