17 वटा सुनको बिस्कुटसहित 2 जना तस्कर पक्राउ

सिलगढी (निसं): जूताको सोलमा विशेष जगाह बनाएर सिलगढीको बाटो हुँदै दालखोलामा सुन तस्करी गर्न अगावै डीआरआई-को टीमले दुई भिन्न-भिन्नै ठाउँबाट मोठ 17 वटा सुनको बिस्कुटसहित 2 जना व्याक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सोनाउल्ला सिकदार र दिवाकर दासलाई आज सिलगढी अदालतमा पेश गरेपछि तिनीहरूलाई पुलिस हिरासतमा पठाइएको छ। सोनाउल्ला असमका हुन् भने दिवाकर बिहारको कटिहार निवासी रहेको बताइको छ। डीआरआई-को टीमले उद्धार गरेको 17 वटा सुनको बिस्कुटको बजार मूल्य 1 करोड़ 48 लाख 39 हजार 370 रूपियाँ तोकिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *