170 ग्राम ब्राउन शुगर सहित 2 जना सिलगढीमा पक्राउ

सिलगढी (निसं): स्पेशल अपरेशन ग्रुप ( एसओजी) अनि आशीघर आउटपोस्ट पुलिसले गत राति संयुक्त रूपमा अभियान चलाएर सिलगढीको बानेश्वर मोड़बाट दुई जनालाई मादक पदार्थ सहित पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा शौकत अली र बापी राय सामेल छन्।  शौकत अली मुर्शिदाबादको लालगोला निवासी अनि बापी सिलगढीको इस्कन मन्दिरका वासिन्दा हुन्। एसओजी सूत्रले दिएको जानकारी अनुसार मुर्शिदाबादका शौकत अली र सिलगढीका बापीमाझ ब्राउन शुगरको किन-बेच हुने गर्थ्यो। गत राति  शौकत ब्राउन शुगर डिलीवरी गर्नको लागि बानेश्वर मोड़ पुगेपछि पुलिसलाई यसबारे जानकारी प्राप्त भयो। यसपछि उक्त मादक तस्करीको किन-बेच हुन अगावै घटनास्थलमा पुगेर एसओजी अनि आशीघर आउटपोस्ट पुलिसले दुवै जनालाई पक्राउ गरेको छ। आरोपीहरूबाट मोठ 170 ग्राम ब्राउन शुगर उद्धार गरेको छ भने यसको अनुमानित बजार मूल्य लाखौं रूपियाँ रहेको छ। दुवैजना माथि एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेपछि आज तिनीहरूलाई जलपाइगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *