175 परिवार विभिन्न पार्टी त्यागेर टीएमसी-मा सामेल

मिरिक : हिल टीएमसी जोरबङ्गलो सुकेपोखरी खण्ड समिति अध्यक्ष एसके राईको नेतृत्वमा आज चामुङ गोठ गाउँका विभिन्न राजनैतिक दलका 175 घर परिवारले टीएमसीको दलीय झण्डा ग्रहण गरे। हिल टीएमसी दार्जिलिङ कालेबुङ जिल्ला चेयरम्यान एलबी राईको मुख्य उपस्थितिमा सम्पन्न एउटा कार्यक्रममा 175 घर परिवारलाई पार्टीको झण्डा प्रदान गरियो। व्यापक संख्यामा स्थानीय पार्टी समर्थकहरूको उपस्थिति रहेको सो सभामा हिल टीएमसी प्रवक्ता एनबी खवास, खण्ड समिति अध्यक्ष एसके राई, फादर सोलोमन सुब्बा, पासाङ शेर्पा, मन्जु थापा, सोना तामाङको विशेष उपस्थिति रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका चेयरम्यान एलबी राईले आफूलाई पार्टी हाई कमान्डले दिएको दायित्वलाई निष्ठापूर्वक निभाउने बताउँदै अब पहाडको निम्ति नयाँ दिनहरू आउने विश्वास व्यक्त गरे। तिनले दार्जिलिङ पहाडको विकास अनि हितमा टीएमसी पार्टी गम्भीर रहेको बताउँदै दार्जिलिङ पहाडमा टीएमसीको कुनै विकल्प नरहेको दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *