17 लाख रुपियाँको ब्राउन सुगरसहित एकजना पक्राउ

सिलगढी : भक्तिनगर थाना पुलिसले गत अबेर राति अभियान चलाएर 17 लाख रुपियाँको ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति मतिगढाको विश्वास कोलनी निवासी दिलीप राय उर्फ बुधरूको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार भक्तिनगर थानाका आईसी अमरेश सिंहको नेतृत्वमा सादा पोशाकमा पुलिसले गाँधीनगरमा अभियान चलाएर एकजना व्यक्तिलाई सन्देहको आधारमा छानबीन गर्दा 253 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले उक्त व्यक्तिलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरे। पुलिसले प्राथमिक जाँच अवधि पक्रा परेका दिलीप राय ड्रग्सको व्यापारसँग संलग्न रहेको साथै सिलगढी सहरको विभिन्न ठाउँहरूमा ड्रग्स सप्लाई गर्ने गरेको थाहा पाए। तर आरोपी व्यक्ति उक्त ड्रग्स कहाँबाट ल्याउने गरेको भन्ने बारेमा भक्तिनगर थाना पुलिसले जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *