सिलगढी : सिलगढी नगरनिगमको 17 नम्बर वार्डका भाजपा प्रार्थी शिप्रा मण्डलको समर्थनमा आज भाजपा राज्य सभापति सुकान्त मजुमदारले चुनाउ प्रचार गरे। आज साँझ सिलगढी बालिका विद्यालय अघिबाट तिनले चुनाउ प्रचार शुरू गरे। चुनाउ प्रचार अवधि तिनले वार्डका मानिसहरूसित कुराकानी गर्नको साथै भाजपा प्रार्थी शिप्रा मण्डललाई मतदान गरेर विपुल मतले विजयी बनाउने अपील पनि गर्दै चुनाउमा जीत हासिल गरे इलाकाको सबै समस्याको समाधान गरिने आश्वासन पनि दिए। तिनले भने, केवल 17 नम्बर वार्डमा मात्र नभएर सिलगढीको सबै वार्डमा विपुल मतले विजयी बनेर नगरनिगम बोर्ड गठन गर्ने तिनले दावी गरे। केन्द्र सरकारको सहयोगमा गरिने सिलगढीको रोकेर राखेको विकास कार्य आफूहरूद्वारा गर्ने तिनले बताए।