17 नम्बर वार्डको उन्मेष उत्सव अन्तर्गत शोभायात्रा

सिलगढी : सिलगढी नगरनिगम अन्तर्गत पर्ने 17 नम्बर वार्ड उत्सव उन्मेष 2020 अन्तर्गत आज दोस्रो दिन बिहान एउटा भव्य शोभायात्रा निकालिइयो। उक्त शोभायात्रामा राज्यका पर्यटन मन्त्री गौतम देव, विरोधी दलनेता रञ्जन सरकारलगायत विद्यार्थीहरू एवम् धेरै संख्यामा वार्डका वासिन्दाहरू उपस्थित थिए।


त्सव गत बुधबारदेखि विविध रङ्गारङ्ग कार्यक्रमहरूको साथमा यहाँको बाघाजतीन क्लबमा शुरू भएको छ भने यो वार्ड उत्सव आगामी 20 जनवरीसम्म लगातार विभिन्न मैदानमा विविध कार्यक्रमहरूको साथमा चल्ने भएको छ। आज शोभायात्रामा विशेष गरेर विभिन्न स्कुलका ससाना नानीहरूलगायत वार्डवासीहरू उत्साहपूर्वक सामेल भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *