18 वर्षदेखि माथिकाहरूलाई आजदेखि सिलगढीमा निःशुल्क कोरोना बुस्टर डोज

सिलगढी: केन्द्र सरकारको घोषणाअनुसार आजदेखि 18 वर्षदेखि माथिकाहरूलाई निःशुल्क कोरोनाको बुस्टर डोज लगाउने प्रक्रिया शुरू भएको छ। स्वाधीनताको 75 वर्षको उपलक्ष्यमा देशभरिमै अमृत महोत्सव कार्यक्रम पालन गरिरहेको छ। यसैको एउटा अंशको रूपमा केन्द्र सरकारले देशभरिमै 18 वर्षदेखि माथिकाहरूलाई निःशुल्क बुस्टर डोज दिइने घोषणा गरेपछि आजदेखि आउँदो 75 दिनसम्म निःशुल्क बुस्टर डोज दिइने भएको छ। आज अन्य ठाउँहरूमा झैँ यता सिलगढीमा पनि बुस्टर डोज लगाउने प्रक्रिया शुरू गरियो। पश्चिमबंग स्वास्थ्य विभागको निर्देश अनुसार आजदेखि सिलगढी जिल्ला अस्पतालमा बुस्टर डोज लगाउने प्रक्रिया शुरू गरिएको छ। आज बिहानैदेखि बुस्टर डोज लगाउन आउने मानिसहरूको लाइन लागेको देखियो। सरकारको उक्त पहलको लागि साधारण मानिसहरूले प्रशंसा गर्दै धन्यवाद जनाएका छन्। आज सबै सरकारी टीकाकरण केन्द्रमा बुस्टर डोज लगाउने प्रक्रिया शुरू भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *