18 फरवरीमा महाशिवरात्रि, प्रशासनिक अधिकारीहरूद्वारा भूटान पहाड़मा स्थित महाकाल मन्दिर इलाकाको निरीक्षण

अलिपुरद्वार (निसं): हिन्दू पञ्चाङ्ग अनुसार महाशिवरात्रिको त्योहार फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिमा मनाइने गरिन्छ। यस वर्ष महाशिवरात्रि 18 फरवरी शनिबार परेको छ। प्रत्येक वर्ष महाशिवरात्रिको दिन डुवर्सको तीर्थ स्थलहरूमध्ये भूटान पहाड़मा स्थित महाकाल मन्दिरमा धेरै संख्यामा श्रद्धालुहरू पुजा अर्चना गर्न आउने गर्दछन्। प्रशासनद्वारा श्रद्धालुहरूको लाग  विभिन्न प्रकारको व्यवस्था गर्ने गरिन्छ। महाकाल मन्दिर लगभग 3 हजार फिटको उचाइँमा भूटान पहाड़मा स्थित छ। महाशिवरात्रिमा उत्तर बंगाल र भूटानको विभिन्न जिल्लाहरूबाट पुजा अर्चना गर्न आउने श्रद्धालुहरूको निक्कै भीड़ हुने गर्दछ। महाकाल मन्दिरमा जानको लागि श्रद्धालुहरू बक्सा बाघ परियोजनाको घना जङ्गल र जयन्ती नदी हुँदै पैदल 3 हजार फीट अग्लो दुर्गम पहाड़मा जान पर्दछ। यस दुर्गम इलाकामा कुनै सडक छैन। यसैले प्रत्येक वर्ष प्रशासनको तर्फबाट अस्थायी सडक, पिउने पानीको व्यवस्था, शौचालय लगायत अन्य विविध पहल गर्ने गरिन्छ। यस वर्ष पनि श्रद्धालुहरूको लागि प्रशासनको तर्फबाट केही पहल गरिएको छ। अलिपुरद्वारको पुलिस अधीक्षक वाई रघुवंशी, वन विभागको बक्सा बाघ परियोजनाका डीएफडी प्रवीण काशोयान लगायत प्रशासनका अधिकारीहरूले आज महाकाल मन्दिर इलाकाको निरीक्षण गरे। यस अवधि भूटानी प्रशासनका अधिकारीहरू पनि उपस्थित थिए। यस सम्बन्धमा पुलिस अधीक्षकले भने, महाकाल मन्दिरमा प्रत्येक वर्ष हजारौँको संख्यामा श्रद्धालुहरू पुजा अर्चना गर्न आउने गर्दछन्। यसलाई ध्यानमा राखेर श्रद्धालुहरूको सुविधाको लागि विभिन्न पहलहरू गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *