18 नोभेम्बरदेखि सिलगढी फुटबल लीग शुरू

सिलगढी : लगभग दुई वर्षपछि आगामी 18 नोभेम्बरदेखि सिलगढी फुटबल लीग शुरू हुने भएको छ। आज सिलगढी महकुमा क्रीड़ा परिषदको कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर क्रीड़ा परिषदका सचिव कुन्तल गोस्वामीले यसबारे जानकारी दिएका छन्। सिलगढी फुटबल लीग उत्तर बंगालभरि लोकप्रिय रहेकोले उक्त फुटबल लीग फेरि शुरू हुने भएकोले फुटबल खेलाडीहरू निक्कै खुसी छन्। सचिव कुन्तल गोस्वामीले बताएअनुसार यसपल्ट कुनै पनि फुटबल टोली प्रथम डिभिजनबाट सुपर डिभिजनमा नजाने साथै सुपर डिभिजनको कुनै पनि टोली पहिलो डिभिजनमा जानेछैन। तर यस वर्ष फुटबल टोलीले नकआउट म्याच खेल्नेछ अनि सेमिफाइनल र फाइनल हुनेछ। कोरोनाको सबै नियमहरू पालन गर्दै सिलगढी फुटबल लीगको आयोजना गरिनेछ। क्लबहरूको परामर्शअनुसार उक्त निर्णय लिएको हो। यसै बीच कञ्चनजङ्घा स्टेडियममा पहिलेबाटै खेलको तयारी युद्धस्तरमा शुरू भएको छ। अर्कोतिर, फुटबल सचिव सौरव भट्टाचार्यले बताएअनुसार सिलगढी फुटबल लीगलाई लिएर आफूहरू निक्कै उत्सुक रहे तापनि कोरोनाले गर्दा फुटबल लीग खेलाउन पाएका थिएनौँ। तर यस वर्ष अनुमति पाएपछि फुटबल लीगको आयोजना गरिने साथै यसको तयारी युद्ध स्तरमा चलिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *