19 फरवरीदेखि स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको दोस्रो सिजनको अडिसन हुने

खरसाङ: गायन क्षेत्रमा नव प्रतिभाहरूलाई खोजी निकाल्ने र कलाकारहरूलाई मञ्च प्रदान गर्ने उद्देश्य लिएर तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको दोस्रो सिजन शुरु हुने भएको छ। उक्त स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको दोस्रो सिजनको अडिसन आगामी 19 फरवरीदेखि शुरु हुने भएको छ। स्वर लहर प्रतिभाको खोज आयोजन समितिको सभा सभापति सुकुमार बराईलीको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा समितिका कार्यकारी सभापति गायक कर्म मोक्तान, मुख्य संयोजक राजीव थापा, कोषाध्यक्ष सीबी राई, प्रचार प्रसार सचिव सन्तोष लामा लगायत गोजमुमो तीनधारे-महानदी समष्टिका सभापति रबीन सुब्बा, उप सभापति राजु लामा, सचिव सञ्जीव लामा पनि उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै स्वर लहर प्रतिभाको खोज प्रतियोगिता आयोजक समितिका सभापति सुकुमार बराईलीले स्वर लहर प्रतिभाको खोज दोस्रो सिजनको अडिसन आगामी 19 फरवरी तीनधारे-महानदी समष्टिको सिमरिङबाट शुरु हुने भएको छ। उक्त दिन नै इच्छुक प्रतियोगीहरूले बिहान आएर फारम भर्नुपर्ने साथै फारमको लागि 200 रुपियाँ भुक्तान गर्नुपर्ने बताए। आगामी 20 फरवरीको दिन महानदी, 21 फरवरीको दिन घैयाबारी र 22 फरवरीको दिन तीनधारेमा अडिसन हुने तिनले बताए। स्मरण रहोस्, जीटीए चेयरम्यान अनित थापाको निर्देशनमा गत वर्ष तीनधारे-महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको आयोजना गरिएको थियो जसमा तीनधारेको अभिषेक लकान्द्री विजेता बनेका थिए भने सिविटारका मोहित भुजेल उप विजेता बनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes