19 अक्टोबरमा भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डा सिलगढी आउने

सिलगढी : आगामी 19 अक्टोबरमा भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डा सिलगढी आउने भएका छन्। तिनले सिलगढीमा उत्तरबंगालको 8 वटा जिल्ला पदाधिकारीहरूसित बैठक गर्ने छन् भने उत्तरबंगालका विधायक र सांसदहरूसित पनि बैठक गर्ने भएका छन्। उक्त विषयलाई लिएर आज सिलगढीमा भाजपाका सबै शीर्ष नेतृत्वहरूसित एउटा सांगठनिक बैठक सम्पन्न भयो। उक्त बैठकमा जलपाईगढीका सांसद जयन्त राय, दार्जिलिङका सांसद राजु विष्ट, निशीथ प्रमाणिक, कुचबिहारका सांसद लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। आगामी 19 अक्टोबरमा भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डाले सिलगढी आएर भाजपाका शीर्ष नेतृत्वहरूसित बैठक गर्ने मुख्य उद्देश्य 2021-को विधानसभा चुनाउको रणनीति तयार गर्नु रहेको सांसद निशिथ प्रामाणिकले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *