19 वटा समाजहरू मिलेर सोनादा क्षेत्रमा सेनिटाइज

सोनादा: सोनादाको 19 वटा समाजहरू मिलेर गठित युनाईटेड सोसाइटीद्वारा सोनादा क्षेत्रमा सेनिटाइजको कार्य सम्पन्न गरियो। दार्जीलिङ अग्निशमन विभागको सहयोगमा सोनादा क्षेत्रमा गरिएको उक्त सेनिटाइजको कार्य अराजनैतिक रुपमा विभिन्न समाजहरू मिलेर संयुक्त रूपमा गरिएको बताइएको छ। यस सेनिटाइजको कार्यमा चाहिने सबै सेनिटाइजको दबाईहरू 19 वटा समाजहरू अनि विभिन्न स्वनिर्भर दलहरू मिलेर संकलन गरिएको जानकारी युनाईटेड सोसाइटी सोनादाका सचिव राजीव राईले दिएका छन् । तिनले यो सेनिटाइजको कार्य 19 वटा समाजहरूमा प्रत्येक समाजबाट 1500 रूपियाँ गरेर संकलन गरिएको साथै सेनिटाइजको कार्य सोनादाको सरस्वती डाँड़ादेखि 11 माइलसम्म गरिने भएको बताएका छन्। यस कार्यमा सहयोग गर्ने सोनादा क्षेत्रका गैर सरकारी संस्थाहरू र स्वनिर्भर दलहरूलाई पनि तिनले धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *