1 अप्रेलदेखि नयाँ नियम लागू, प्रत्येक हप्ता मंगलबार बक्सा जङ्गलमा पर्यटकहरूको प्रवेश निषेध

अलिपुरद्वार : नेशनल टाइगर कन्जरभेसन अथरिटीले जङ्गल पर्यटनमा नयाँ निर्देश जारी गरेको छ। केन्द्रीय बाघ संरक्षक संस्थाको निर्देशअनुसार प्रत्येक हप्ता मंगलबार बक्सा व्याघ्र प्रकल्पमा पर्यटकहरूको प्रवेशमा पूर्ण रूपमा निषेध गरेको छ। त्यस दिन जीपसी सफारी पनि बन्द रहनेछ। आगामी 1 अप्रेलदेखि उक्त नियम लागू हुनेछ। तथापि, देशको अन्य व्याघ्र प्रकल्पमा धेरै दिनदेखि यो नियम शुरू गरिएको छ। राष्ट्रिय बाघ संरक्षण प्राधिकरणको उक्त निर्णय अनुसार सप्ताहमा एक दिन बाघहरू र अन्य वन्य जीवहरूले मानिसहरूको कोलाहलबाट मुक्ति पाउनेछ। राज्यको वन विभागले आज मंगलबार एउटा विज्ञप्ति जारी गरेर उक्त घोषणा गरेको हो। यस विषयमा बक्सा व्याघ्र प्रकल्पका फिल्ड डाइरेक्टर अपूर्व सेनले बताएअनुसार नयाँ नियम अनुसार प्रत्येक हप्तामा एक दिन बक्सा जङ्गलमा पर्यटकहरूको प्रवेश पूर्ण रूपमा निषेध रहेको छ। त्यस दिन सफारी पनि बन्द रहनेछ। केवल बक्सा इलाकाका निवासीहरू मात्र बक्सा व्याघ्र प्रकल्पमा जान पाउनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *