1 करोड़ 20 लाख रुपियाँको ब्राउन सुगरसहित 2 जना पक्राउ

सिलगढी: सिलगढी सहरलाई मादक पदार्थ मुक्त बनाउनको लागि पुलिस कमिश्नर गौरव शर्माले से नो टु ड्रग्स अभियान शुरू गरेको छ। यसै अन्तर्गत गत राति एसओजी र प्रधान नगर थाना पुलिसले संयुक्त अभियान चलाएर करोड़ौँ रुपियाँको ब्राउन सुगर जफत गरेको छ। यसको साथै एउटी महिला सहित दुईजनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा मोसिदुर रहमान र अनोवारा खातुन सामेल छन् भने तीमध्ये मोसिदुर रहमान मालदा निवासी अनि अनोवारा खातुन इस्लामपुर निवासी हुन्। हाल, ती दुई सिलगढीको मतिगढास्थित विश्वास कोलनीमा बस्दै आइरहेका थिए। प्राप्त जानकारी अनुसार एसओजीले गोप्य सूचनाको आधारमा सिलगढी जङ्क्शनस्थित एउटा लजमा छापामार अभियान चलाएर 1 किलो 100 ग्राम ब्राउन सुगर सहित 3 लाख नगद राशि उद्धार गरेको बताइएको छ। एसओजीले दुईजना आरोपीलाई पक्राउ गरेपछि प्रधान नगर थानालाई सुम्पिदिए। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य 1 करोड़ 20 लाख रुपियाँ रहेको बताइएको छ। पक्रा परेका दुईजना आरोपी विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज दुवैलाई सिलगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes