1 करोड 75 लाख रुपियाँको ब्राउन सुगर सहित एकजना पक्राउ

बाघडुग्रा : एसओजी एवम् बाघडुग्रा थाना पुलिसले संयुक्त रूपमा अभियान चलाएर 1 करोड 75 लाख रुपियाँको ब्राउन सुगर सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति मालदाको कालियाचोक निवासी अब्दुल रउफ विश्वासको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा सिलगढी मेट्रोपलिटन पुलिसको स्पेसन अपरेसन ग्रुप (एसओजी) र बाघडुग्रा थाना पुलिसले हिजो बाघडुग्राको पानीघट्टा मोडमा संयुक्त अभियान चलाएर 850 ग्राम ब्राउन सुगर सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएक छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लगभग 1 करोड 75 लाख रुपियाँ रहेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *