1 करोडभन्दा अधिक नकली नोट र सुनको बिस्कुटसहित 9 जना पक्राउ

कुचबिहार : कुचबिहारको कोतवाली थाना पुलिसले नकली नोट,  सुनको बिस्कुटसहित 9 जना व्यक्तिलाई पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो।  प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा कुचबिहारको कोतवाली थाना पुलिस र एसएसबी 17औँ बटालियनका जवानहरूले दावागुड़ी राष्ट्रिय राजमार्ग 31-मा अभियान चलाएर एउटा वाहनलाई रोकेर छानबीन गर्दा सुनको बिस्कुट र नकली नोट उद्धार गरेको बताइएको छ।


यसको साथै पुलिसले दुईवटा बाइक पनि जफत गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार नकली नोट र सुनको बिस्कुट लिएर 9 जना व्यक्तिहरू कुचबिहारदेखि असम जाने भएका थिए। पुलिसले उक्त व्यक्तिहरूबाट एक करोड़भन्दा अधिक नकली नोट र 17 सुनको बिस्कुट उद्धार गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *