1 करोड़को साँपको विषसहित दुईजना पक्राउ

मालदा : सीआईडी ​​र बामनगोला पुलिसले संयुक्त अभियान चलाएर 1 करोड़ रुपियाँको साँपको विषसहित अन्तर्राष्ट्रिय तस्करी गुटसित संलग्न रहेका दुईजना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू दक्षिण दिनाजपुर जिल्लाको गङ्गारामपुर थानाको चाँदडाँड़ा इलाका निवासी क्रमैले 32 वर्षीय मोहम्मद कलाम उर्फ ​​आलम मियाँ र 29 वर्षीय मसफीक आलमको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार हिजो दिउँसो बामनगोला थानाको पाकुयाहाट पेट्रोल पम्प इलाकामा पुलिस र सीआईडीका अधिकारीहरूले संयुक्त अभियान चलाएर बुलेट प्रुफ जार, 1 करोड रुपियाँको 600 ग्राम साँपको विषसहित दुईजना युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *