1 करोड रुपियाँको अवैध काठसहित 3 जना पक्राउ

राजगञ्ज : भिन्न राज्यमा तस्करी गर्न अगावै बेलाकोवा रेञ्जका वन कर्मीहरूले दुई ट्रक बर्मा टिक काठसहित 3 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू हरियाणा निवासी क्रमैले वसिम खान (22), मुसताकिम खान (19) र नासिम (22) सामेल छन्। प्राप्त जानकारी अनुसार आज बिहानै बेलाकोवा रेञ्जका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वन कर्मीहरूले अभियान चलाएर सिलगढी संलग्न फुलबारीबाट अवैध काठ उद्धार गरेको छ।


वन विभाग सूत्रले दिएको जानकारीअनुसार उद्धार उक्त काठको अनुमानित बजार मूल्य 1 करोड रुपियाँ रहेको छ। बेलाकोवा रेञ्ज अधिकारी सञ्जय दत्तले बताएअनुसार गोप्य सूचनाको आधारमा आज बिहान अभियान चलाएर सिलगढी संलग्न फुलबारी इलाकाबाट दुईवटा ट्रकबाट बर्मा टिक काठ उद्धार गरेको छ। उक्त काठ असमबाट कोलकाता हुँदै अन्य राज्यमा लैजाने उद्देश्यले लगिरहेको तिनले बताए। पक्रा परेका आरोपीहरूलाई आज जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *