1 करोड रुपियाँको ब्राउन सुगरसहित 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले लगभग 1 करोड रुपियाँको ब्राउन सुगर सहित 2 जना तस्करलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले सञ्जीब मिश्रा, मोहम्मद सईफुल हुसेनको रूपमा चिन्हित गरिएको छ। तिनीहरूमध्ये एकजना नक्सलबारी र अर्का एकजना मालदा निवासी हुन्।


पुलिस सूत्रले दिएको जानकारीअनुसार हिजो साँझ कश्मिर कोलनी इलाकामा यी दुईजना तस्कर मादक पदार्थ तस्करी गर्न आउने खबर पाएपछि पुलिसले उक्त इलाकामा अभियान चलाएर 537 ग्राम ब्राउन सुगर सहित दुईजना तस्करलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *