1 केजी ब्राउन सुगरसहित 3 जना पक्राउ

राजगञ्ज : स्पेसल टास्क फोर्स (एसटीएफ) नर्थ बेङ्गलका टोलीले 1 केजी ब्राउन सुगर सहित 3 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले उत्तरप्रदेश निवासी तोसिफ अनसारी (22), असम निवासी आलिमुद्दीन रहमान (27) र सद्दाम अली (18) सामेल छन्। एसटीएफ सूत्रले दिएको जानकारीअनुसार गत अबेर राति गोप्य सूचनाको आधारमा सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको पानीकौरी इलाकाको टोल प्लाजामा असमदेखि बिहारगामी एउटा बसको छानबीन गर्दा 1 केजी 16 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। यसको साथै नगद 35 हजार 260 रुपियाँ, विभिन्न ब्याङ्कको 3 वटा एटीम कार्ड लगायत केही कागजपत्र उद्धार गरेको छ। घटनामा 3 जना युवकलाई पक्राउ गरेको छ भने आज तिनीहरूलाई 14 दिनको हिरासतमा राख्ने आवेदन जनाउँदै जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *