1 किलो 200 ग्राम ब्राउन सुगर, नगद राशीसहित 4 जना पक्राउ

सिलगढी : सिलगढीको मतिगढा थाना पुलिसले धेरै मात्रामा ब्राउन सुगरसहित एकजना महिला तथा तीनजना युवकलाई मतिगढा बाइपास मोड़बाट पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा महिला सोनम साह मतिगढीको विश्वास कलोनी निवासी हुन् भने यसवाहेक अन्य तीन जना युवकहरू वसीम अकरम, अन्सारूल मोमीन र मोहम्मद सदाम हुसैन मालदा जिल्लाको कालियाचौक निवासी रहेको थाहा लागेको छ। प्राप्त जानकारी अनुसार, गत राति गोप्य सूचनाको आधारमा मतिगढा बाइपास मोड़मा पुलिसले चेकिङ गरिरहेको समय एउटा वाहनलाई रोकेर छानबिन गर्दा 1 किलो 200 ग्राम ब्राउन सुगर सहित नगद 2 लाख रूपियाँ उद्धार गरे। यसपछि पुलिसले ब्राउन सुगर, नगद रूपियाँ र वाहनलाई जफत गरे भने वाहनमा सवार चारैजनालाई पक्राउ गरेर थानामा लगे।  आज यी सबै पक्रा पर्नेहरूलाई एनडीपीएस एक्ट अनुसार मामिला दर्ता गरेर अदालतमा पेश गरे। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *