200 घर गोजमुमो (विनय खेमा)-मा सामेल

दार्जिलिङ: दार्जिलिङ जिल्लाको रिम्बिक लोधोमा समष्टि अन्तर्गत गुम्बा डाँडा गाउँदेखि रिम्बिक बजारसम्मको लगभग अढ़ाई किलोमिटर सडकको आज शिलान्यास गरियो। उक्त सड़कको विधिवत् शिलान्याश गोजमुमो अध्यक्ष विनय तामाङले गरे। यसैबीच रिम्बिक बजार सार्वजनिक भवनमा आयोजित कार्यक्रममा दुई सयभन्दा अधिक घर परिवारका सदस्यहरुले आफ्नो पार्टी छोड़ेर गोर्खा जनमुक्ति मोर्चा (विनय खेमा) लाई समर्थन जनाएका छन्।


आज समर्थन गर्ने 200 घर परिवारका सदस्यहरूलाई आफ्नो पार्टीमा स्वागत जनाउँदै गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति अध्यक्ष विनय तामाङको बहुलीबाट पार्टीको झण्डा प्रदान गरिएको पार्टी सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *