200 परिवार हिल टीएमसी-मा सामेल

मिरिक : नागरीमा हिल तृणमूल कङ्ग्रेसको युनिट कर्मी सभामा आज सम्पन्न भयो। हिल टीएमसी पार्टीको कर्मीसभा अवधि नागरी फार्म सार्वजनिक भवनमा सुकेपोखरी, सिमाना, मानेभञ्ज्याङ, नागरी धजे, मगरजोङ आदि गाउँका 200 घर परिवार टीएमसी-मा सामेल भएका छन्। सामेल हुने समर्थकहरूलाई हिल टीएमसी अध्यक्ष एलबी राई, दार्जिलिङ निर्वाचन क्षेत्रका संयोजक एवम् पार्टी प्रवक्ता एनबी खवास, सुके खण्ड समिति अध्यक्ष एसके राईको बाहुलीबाट दलिय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाइयो। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *