200 वटा अवैध कफ सिरपसहित एकजना पक्राउ

सिलगढी : स्पेशल अपरेशन ग्रुप (एसओजी)-को टोलीले सिलगढीको तेनजिङ नोर्गे बस स्ट्यान्डमा 200 वटा अवैध कफ सिरपसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक मयनागढी निवासी आलोक शर्मा (30) को रूपमा सामेल छन्। एसओजीले जफत गरेको कफ सिरप लगायत आरोपी व्यक्तिलाई प्रधान नगर थानालाई सुम्पिदिएको छ। अर्कोतिर, प्रधान नगर थाना पुलिसले आरोपीमाथि ड्रग्स एन्ड कस्मेटिक एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *