2022-को माध्यमिक परीक्षा 7 मार्चदेखि अनि उच्च माध्यमिक परीक्षा 2 अप्रेलदेखि शुरू हुने

पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्ड अनि उच्च माध्यमिक शिक्षा संसदले 2022-को माध्यमिक र उच्च माध्यमिक परीक्षाको मिति आज घोषणा गरेको छ। आगामी 7 मार्चदेखि 2022-को माध्यमिक परीक्षा शुरू भएर 16 मार्चसम्म चल्नेछ। यसैगरी, आगामी 2 अप्रेलदेखि उच्च माध्यमिक परीक्षा शुरू हुने भएको छ। उच्च माध्यमिक परीक्षा आगामी 20 अप्रेलसम्म चल्ने बताइएको छ।  कोलकाताको विद्यासागर भवनमा 2022-को माध्यमिक र उच्च माध्यमिक परीक्षाको मिति घोषणा गरेको छ।


माध्यमिक परीक्षा-2022 -को तालिका यस प्रकार छ:

7 मार्च- नेपाली, बङ्गाली, हिन्दी (मातृभाषा)


8 मार्च- अङ्ग्रेजी

9 मार्च- भूगोल

11 मार्च- इतिहास

12 मार्च जीवविज्ञान

14 मार्च- गणित

15 मार्च- भौतिक विज्ञान

16 मार्च- वैकल्पिक विषय

कोरोना संक्रमणलाई ध्यानमा राखेर पहिलोपल्ट हाई स्कूलको परीक्षा कुनै होम सेन्टरमा आयोजित गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *