205 ग्राम ब्राउन सुगर सहित दुईजना पक्राउ

खोरीबारी : एसएसबी 41औँ बटालियनको पानीट्याङ्की ए कम्पनीका जवानहरूले गोप्य सूचनाको आधारमा आमबारी पेपर मिल नजिक ब्राउन सुगर सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति गोपाल सरकार तथा प्रेम कुमार लोहारको रूपमा चिन्हित गरिएको छ।


एसएसबी सूत्रले दिएको जानकारी अनुसार आमबारी पेपर मिल नजिक चेकिङ अभियान अवधि दुईजना व्यक्तिमाथि सन्देह लागेपछि तिनीहरूलाई रोकेर छानबीन गर्दा 205 ग्राम ब्राउन सुगर जफत गर्नको साथै ती दुई व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। एसएसबीले आवश्यक कार्वाहीपछि पक्राउ गरेको दुईजना व्यक्ति र ब्राउन सुगर घोषपुकुर थानालाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *