20 हजारमा नवजात शिशु बिक्री गर्ने बाबु पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसले सिलगढी सहरमा नानी बेच्ने गुटको रहस्योत्घाटन गर्नको साथै एकजना आरोपीलाई पक्राउ गरेको छ। खालपाड़ा आउट पोस्ट पुलिसले गत राति 9 दिनको नानीलाई केही रुपियाँको लालचमा बिक्री गर्ने बाबुलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार सिलगढी नगरनिगमको 4 नम्बर वार्डको महाराज कोलनी निवासी सन्तोष मण्डलको स्वास्नीले गत 4 दिसम्बरमा सिलगढी जिल्ला अस्पतालमा एउटा छोरालाई जन्माइन्। यसपछि गत 12 दिसम्बरमा सन्तोष मण्डल र तिनकी स्वास्नी अनिताले आफ्नो 9 दिनको नानीलाई 20 हजार रुपियाँमा दुईजना अज्ञात व्यक्तिलाई बिक्री गरिदिएको बताइएको छ। गत 12 दिसम्बरको साँझ अनिताका आफन्ता पुजा कामतीले नानी बिक्री गरेको आरोप लगाएर खालपाड़ा आउट पोस्टमा एउटा अभियोग दर्ता गरेकी थिइन्। अभियोगको आधारमा घटनाको जाँचमा जुटेका पुलिसले नानी किन्ने गुटमा सामेल हरीश कुमार भुझानीलाई खालपाड़ाबाट पक्राउ गरेको छ। यसपछि तिनीसित सोधखोज गरेपछि घटनामा सामेल राम किशन चौधरीलाई पक्राउ गरेको छ भने नानी बिक्री गर्ने बाबु सन्तोष मण्डल निखोज छन्। आरोपी हरीश र राम किशनलाई पुलिसले 14 दिसम्बरको दिन सिलगढी अदालतमा पेश गरेपछि 5 दिनको पुलिस हिरासतमा राख्ने निर्देश दिएको छ। पुलिसले हिरासतमा लिएपछि सोधखोज गरेर नवजात शिशुको बाबुलाई गत राति पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पुलिसले घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *