20 लाख रुपियाँको ब्राउन सुगरसहित युवक पक्राउ

सिलगढी : सिलगढीको मेट्रोपलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी)-ले 20 लाख रुपियाँ मूल्यको 102 ग्राम ब्राउन सुगर सहित एकजना युवकलाई पक्राउ गरेपछि सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक 30 वर्षीय मालदाको कालियाचोक निवासी सुजन मण्डलको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा बाघडुग्राको बिहार मोडमा अभियान चलाएर एकजना संदिग्ध युवकलाई पक्राउ गरेर छानबीन गर्दा 102 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *