20 लाख रुपियाँको काठ सहित 1 जना पक्राउ

राजगञ्ज : अदुवाले भरिएको बोराको आडमा काठ तस्करी गरिरहेको समय वन विभागले अभियान चलाएर लाखौँ रुपियाँ बर्मा टीक काठ सहित एकजनालाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्ति राजस्थान निवासी सुनील कुमारको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा बेलाकोवा रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वन कर्मीहरूले आज बिहानै सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गस्थित राजगञ्जको पानीकौरी इलाकामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 20 लाख रुपियाँको अवैध काठ उद्धार गर्नको साथै चालकलाई पक्राउ गरेको बताइएको छ। उक्त काठ अदुवाको बोराको आडमा तस्करी गर्ने प्रयास गरिरहेको थियो। वन विभाग सूत्रले दिएको जानकारी अनुसार उक्त काठ गुवाहाटीबाट कोलकाता तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पक्रा परेका व्यक्तिलाई भोलि शनिबार जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *